इसाराको ‘एकल कमेडी शो’ जेष्ठ २८ मा-Sutra News

इसाराको ‘एकल कमेडी शो’ जेष्ठ २८ मा

बिहिबार, १९ जेष्ठ २०७९

बिहिबार, १९ जेष्ठ २०७९

बिरमाया राई ‘शोभोमा’ स्मृतिकोष निर्माणमा हास्यकलाकार गणेश ईसाराको अल नेपाल एकल कमेडी सो पुनः सुरु हुने भएको छ । समाजसेवी वीरमाया राई ‘शोभोमा’ स्मृतीकोष स्थापना अभियानमा ‘गणेश ईसारा अल नेपाल एकल कमेडी शो’ बिगतमा पनि देशको विभिन्न स्थानहरुमा कार्यक्रम सम्पन्न भइसकेको छ ।



कोभिड १९ को कारण रोकिएको ‘अल नेपाल कमेडी शो’ कार्यक्रम पुनः सुरु गर्न लागेको हास्यकलाकार गणेश ईसाराले बताए । यही जेष्ठ २८ गते शनिबार राष्ट्रिय नाचघर काठमाडौमा हुन गईरहेको कार्यक्रममा बिशिष्ट ब्यक्तित्वहरुको उपस्थितिमा कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रममा वरिष्ठ गजलकार, गीतकार साथै समाजसेवी अमर बान्तुलाई सम्मान गरिने भएको छ ।

२०५४ साल देखि मुटु रोगी, मृगौला रोगी, बृद्दा आश्राम देखि लिएर विभिन्न पिडितहरुलाई बचाउन र सहयोग गर्न सफल समाजसेवि कलाकार गणेश ईसाराको शोबाट संकलित रकम दयनिय अवस्थामा रहेका पिडितहरुको सहयोगमा खर्चिने इसाराले जानकारी दिए ।

आफ्नै हजुर आमाको नाममा स्मृतिकोष निर्माण गरि आउदा दिनहरुमा त्यस्तै बिभिन्न भैपरि आउने दुखी, पिडितहरुको समस्यालाई सहायता दिन सकु भन्ने उदेश्यले स्मृतीकोषको निर्माण थालनी गरिएको इसाराले बताए । कार्यक्रम एक्सन इन्टरटेनमेन्टद्वारा आयोजना हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट