बजेटले थप संकट निम्त्याउने प्रदीप ज्ञवालीको टिप्पणी-Sutra News

बजेटले थप संकट निम्त्याउने प्रदीप ज्ञवालीको टिप्पणी

बिहिबार, १९ जेष्ठ २०७९

बिहिबार, १९ जेष्ठ २०७९

एमालेका सांसद प्रदीप ज्ञवालीले संसदमा छलफल भइरहेको आगामी आर्थिक वर्षको बजेट थप आर्थिक संकट निम्त्याउने किसिमको रहेको बताएका छन् ।



प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले बजेटले आर्थिक स्थिरताभन्दा पनि थप संकटको पुनरोत्पादन गर्ने दाबी गरे ।

बजेटले उत्पादन वृद्धि गर्न नसक्ने हुँदा सरकारी कोषमा पैसा नहुने भन्दै ज्ञवालीले साथै व्यापार घाटा पनि घटाउन नसक्ने जिकीर गरे ।

अर्थमन्त्री जनार्दन शर्माले जमिन नटेकी बजेट ल्याएको टिप्पणी गर्दै उनले यसअघि एमाले सरकारले ल्याएको कार्यक्रम पनि समेटिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट