बालेनलाई प्रधानमन्त्री देउवाले भने- तपाईंले त चमत्कार नै गर्नुभयो-Sutra News

बालेनलाई प्रधानमन्त्री देउवाले भने- तपाईंले त चमत्कार नै गर्नुभयो

बुधबार, १८ जेष्ठ २०७९

बुधबार, १८ जेष्ठ २०७९

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाह बालुवाटार पुगेका छन् ।



बुधबार प्रधानमन्त्री निवास पुगेर शाहले बुधबार प्रधानमन्त्री देउवासँग भेटघाट गरेका हुन् । मेयरमा निर्वाचित भएकोमा शाहलाई प्रधानमन्त्री देउवाले बधाई दिएका थिए ।

‘शाहलाई बधाई दिँदै प्रधानमन्त्री देउवाले तपाईंले चमत्कार गर्नुभयो । म खुसी छु । पाँच वर्षको कार्यकालमा हाम्रो पूर्ण समर्थन हुनेछ भन्नुभयो,’ बालेनका सहयोगी कुमार व्यञ्जनकारले बालेनलाई उदृद गर्दै भने ।

काम पर्दा आफूलाई २४ घन्टा सम्झन बालेनलाई प्रधानमन्त्रीले आग्रह गरेको उनले बताए । प्रधानमन्त्री देउवासँग  बालेनले आफूलाई विश्वास र साथ दिन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट