काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद लालबाबु पण्डितले अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेटमा भएको विषयलाई लिएर संसदमा टिप्पणी गरेका छन् ।
शर्माले पेश गरेको बजेटमा काठमाडौँबाट एक घन्टामा चितवन पुग्ने गरी बाटो निर्माण गर्ने भनेर भनिएको थियो । उनले त्यसैलाई मुख्य विषय बनाएर आज संसदमा प्रस्तुत भएका हुन् ।
‘अर्थमन्त्रीज्यु काठमाडौंबाट चितवन एक घन्टामा हलिकोप्टरमा झुन्डेर जानुहुन्छ? के भन्न खोज्या हो?’ उनको प्रश्न छ।
एमाले पहिलादेखि नै बजेटप्रति असन्तुष्ट रहेको कुरा बताउंदै आएको थियो । त्यतिमात्र होइन एमालेका अध्यक्ष केपी शर्मा ओलीले त झन् बजेटको भण्डाफोर गर्न एमालेलाई निर्देशनसमेत दिएका थिए ।