पेरेसिच टोटनहममा अनुबन्ध-Sutra News

पेरेसिच टोटनहममा अनुबन्ध

बुधबार, १८ जेष्ठ २०७९

बुधबार, १८ जेष्ठ २०७९

इङ्लिस क्लब टोटनहमले इभान पेरिसिचलाई इन्टर मिलानबाट ‘फ्रि ट्रान्सफर’ मा अनुबन्ध गरेको छ । ३३ वर्षीय क्रोयसियन विंगर पेरिसिचसँग टोटनहमले दुई वर्षको सम्झौता गरेको हो ।



यो सँगै पेरिसिचले पुनः एकपटक एन्टोनियो कोन्टेको प्रशिक्षणमा रहेर खेल्ने भएका छन् । यसअघि सन् २०२०–२१ को सिजन कोन्टेले इन्टरको प्रशिक्षण सम्हाल्दा यी दुईबीच सहकार्य भएको थियो ।

सम्झौतासँगै टोटनहमबाट च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गर्ने बताए ।

‘म च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गर्न चाहन्छु । यस्तै, प्रिमियर लिग सहित अन्य प्रतियोगिताहरुमा पनि  उत्कृष्ट प्रदर्शन गर्नेछु’, पेरिसिचले भने ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट