पहिला थप्पड हानेर प्रहरीलाई बुझाइन्, पछि माफी मागिन् !-Sutra News

पहिला थप्पड हानेर प्रहरीलाई बुझाइन्, पछि माफी मागिन् !

मंगलबार, १७ जेष्ठ २०७९

मंगलबार, १७ जेष्ठ २०७९

अभिनेत्री मिरुना मगरले माफी मागेकी छन् ।



उनले योभन्दा अगाडी सिभिल मलको कफी सपमा एक बौद्ध भिक्षु लामाले ‘ब्याड टच’ गरेको उनले आरोप लगाएकी थिइन् । उनले आरोप मात्र लगाएकी थिइनन्, उनलाई एक थप्पड हानेर प्रहरीको जिम्मा लगाएकी थिइन् ।

आज उनीविरुद्ध राजधानीमा चर्को प्रदर्शन भएको थियो । अभिनेत्री मिरुना मगरएफक्यूब मल्टिप्लेक्सले चलचित्र ‘कबड्डी ४’ को प्रर्दशन रोकेको थियो ।

अभिनेत्री मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका युवकलाई रिहाइको माग गर्दै केएल टावर अगाडि विरोध प्रदर्शन भइरहेको थियो । त्यसको केही समयपछि उक्त युवकलाई प्रहरीले धरौटीमा रिहा गरेको थियो ।

तर अहिले उनले युवकलाई भाई सम्झेर माफी गरेको बताएकी छन् । दयाहाङसहित केही कलाकारहरुलाई साक्षी राख्दै उनले युवकसँग माफी मागेकी हुन् ।

उनले आफूले त्यो केसमा आकस्मिक प्रतिक्रिया जनाएकोमा आत्मालोचना गरेकी छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट