जनार्दनमाथि रोष्टमबाटै एमालेको छेडछाड, ब्रिफकेश नखोसिएको भन्दै सचिवले गरे व्यंग-Sutra News

जनार्दनमाथि रोष्टमबाटै एमालेको छेडछाड, ब्रिफकेश नखोसिएको भन्दै सचिवले गरे व्यंग

मंगलबार, १७ जेष्ठ २०७९

मंगलबार, १७ जेष्ठ २०७९

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले अर्थमन्त्री जनार्दन शर्माले अस्ति पेश गरेको बजेटमाथि असन्तुष्टि जनाएका छन् । अर्थमन्त्री जनार्दन शर्मा माओवादी पार्टीका नेता हुन् । उनीमाथि एमालेका भट्टराईले व्यंग गर्न भ्याए ।



सभामुख अग्निप्रसाद सापकोटाको अनुमतीसंगै रोष्टममा पुगेका भट्टराईले अहिले शर्माले राम्रोसँग बजेट पेश गरेकोमा आफूलाई उपलब्धी लागेको बताएका थिए । तर उनले ब्रिफकेश खोसेको कुरा पनि प्रस्तुत गरिहाले ।

अर्थमन्त्री शर्माको पालामा आजभन्दा झन्डै १२ वर्षपछिको कुरा (२०६७) लाई जोडेर भट्टराईले शर्मामाथि छड्के हान्न पनि पछि परेनन् ।

‘अर्थमन्त्रीले २ घण्टा ५५ मिनेट लगाएर बजेट वाचन गरिरहँदा महत्त्वपूर्ण उपलब्धि महसुस गरेको छु । त्यो के हो भने यसपटक अर्थमन्त्रीले बजेट प्रस्तुत गरिरहँदा बजेट ब्रिफकेस तोडफोड भएन, सांसद बस्ने कुर्सी भाँचिएन, संसद्का माइक भाँचिएनन्,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट