सुनखानीका मजदुरबीच काम गर्ने स्थलमै झडप, १०० जनाको मृत्यु-Sutra News

सुनखानीका मजदुरबीच काम गर्ने स्थलमै झडप, १०० जनाको मृत्यु

मंगलबार, १७ जेष्ठ २०७९

मंगलबार, १७ जेष्ठ २०७९

अफ्रिकी देश चाडकाे उत्तरी क्षेत्रमा रहेकाे एउटा सुन खानीका मजदुरहरूबीच भएको झडपमा करिब १०० जनाको मृत्यु भएको छ । झडपमा ४० जनाभन्दा बढी घाइते भएका रक्षामन्त्री जनरल दाउद याया ब्राहिमले जानकारी दिए । लिबियाको सिमाना नजिकको तिबेस्ती पर्वतको कोरी बोगौडीस्थित खानीमा  हिंसा भड्किएको थियो । सो क्षेत्र राजधानी एनडीजामेनाबाट करिब १,००० किलोमिटर टाढा पर्छ ।



१० वर्ष पहिले त्यहाँ सुनको खोजी गर्ने क्रममा चाड र छिमेकी देशहरूबाट खानी मजदुर आकर्षित भएका थिए ।  सुन झिक्ने विषयमा उनीहरूबीच बारम्बार तनाव हुने गरेको छ । पछिल्लो झडप मौरिसियाली र लिबियाली मजदुरबीच भएको रक्षामन्त्री ब्राहिमले बताए ।

घटनास्थलमा ठूलो संख्यामा सेना परिचालन गरिएको उनले बताए ।
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट