दुई सय ५० खेल खेलेका इस्को अब रियल मड्रिडमा नबस्ने-Sutra News

दुई सय ५० खेल खेलेका इस्को अब रियल मड्रिडमा नबस्ने

मंगलबार, १७ जेष्ठ २०७९

मंगलबार, १७ जेष्ठ २०७९

रियल मड्रिडका मिडफिल्डर इस्कोले समरमा क्लब छोड्ने घोषणा गरेका छन् । सन् २०१३ मा मालागाबाट मड्रिड अनुबन्धित भएका इस्कोले क्लबबाट  दुई सय ५० खेल खेलेका छन् ।



स्पेनिस मिडफिल्डर इस्कोले रियल मड्रिडबाट पाँच च्याम्पियन्स लिग र तीन ला लिगाको उपाधि जितेका छन् । यद्यपि, पछिल्लो केही सिजनयता भने इस्को रियलको धेरैजसो खेलमा बेन्चमा सीमित बन्दै आएका थिए ।

‘म मेरा सम्पूर्ण सहकर्मी, प्रशिक्षकहरु, स्टाफ, र सम्पूर्ण व्यक्तिहरुमा धन्यवाद व्यक्त गर्न चाहन्छु, जो सान्टियागो बर्नबेउसँग जोडिन्छन्। गूडबाई हाला  मड्रिडका’, इस्कोले भनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट