

आइतबार पोखराबाट जोमसोङ जानेक्रममा बेपत्ता भएको तारा एयरको विमान सोमबार विहान मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरे भन्ने भीरमा ठोकिएर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । तीनजना चालकदलका सदस्य सहित कुल २२ जना सवार सो विमान दुघटनामा मृत्युभएका मध्ये २१ जनाको शव भेटिएको छ । अझै एकजनाको शव खोजी कार्य जारि छ ।
अहिलेसम्म फेला परेका मध्ये १० जनाको शव काठमाडौं ल्याईएको छ । तारा एयरले विज्ञप्ति प्रकाशित गरी हालसम्म २२ मध्ये २१ जना मृर्तकको शव फेला परेको र तीमध्ये १० जनाको शव सोमबार साँझ आधार शिविरबाट काठमाडौं ल्याइएको जनाएको छ । ती शव नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको तारा एयरले जनाएको छ ।
दुर्घटनाग्रस्त क्षेत्रबाट संकलन गरिएका शवहरु काठमाडौं ल्याइसकेपछि त्रिवि शिक्षण अस्पतालस्थित फरेन्सिक मेडिसिन विभागमा पोस्टमार्टमकालागि लगिएको छ ।
तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले यस्तो जानकारि गराएका हुन । तारा एयरका अनुसार संकलनभई आधार शिविर नआईपुगेका बाँकी ११ जनाको शव प्रतिकुल मौसमका कारण आधार शिविरमा ल्याउन कठिन भइरहेको छ । अझै उद्धार टोलीले हराईरहेका एक जनाको शव खोजी गररहेको सो एयरले जनाएको छ ।
संकलित शवको पोस्टमार्टम गरिसकेपछि परिवारलाई बुझाइने तारा एयरले जनाएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणले सो विमानमा आगलागी नभएकाले मृर्तकको पहिचान हुन भने खासै कठिन नभएको जनाएको छ । अझै एकजनाको शव खोजी कार्य जारि भइरहेको छ । आइतबार विहान पोखराबाट जोमसोमका लागि उडेको विमान मुस्ताङ पुगेपछि विमानस्थलको टावरबाट सम्पर्कविहीन भएको थियो ।
तीन चालक दलका सदस्यसहित कुल २२ जना सवार तारा एयरको विमान मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरे भन्ने भीरमा ठोक्किएर दुर्घटना भएको अवस्थामा भेटिएको हो । सो विमान दुर्घटनाबाट मृत्युभएकाहरुको शब संकलनगरि पोष्टमार्टमकालागि काठमाडौं ल्याइने प्राधिकरणले जनाएको छ ।
दुर्घटनास्थलबाट संकलित मृतकका शवलाई सिधैं काठमाडौं ल्याएर पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइने प्राधिकरणले जनाएको छ । दुर्घटनामा परेको विमान नजलेका कारण मृतकको शव पहिचाहन गर्न सकिने अवस्थामा रहेको प्राधिकरणले जनाएको छ । राजधानी दैनिकमा खबर छः