अष्ट्रेलियामा नेपाली नर्स सुनितालाई ‘बडी बिल्डिङ’मा अवार्ड-Sutra News

अष्ट्रेलियामा नेपाली नर्स सुनितालाई ‘बडी बिल्डिङ’मा अवार्ड

आइतबार, १५ जेष्ठ २०७९

आइतबार, १५ जेष्ठ २०७९

काठमाडौं घर भइ हाल अष्ट्रेलियामा बस्दै आएकी रजिस्टर्ड नर्स सुनिता चन्द ठकुरी हालै भएको आइसीएनले आयोजना गरेको बडी बिल्डिङ प्रतिश्पर्धामा सहभागि भएकी छिन् । विगत ५ बर्ष देखि फिटनेसमा लागेकी उनि भविष्य फेरी प्रतियोगितामा भाग लिने बताउँछिन् । फिटनेस मोडल र स्पोर्ट मोडलमा भाग लिएकी उनले फिटनेस मोडलमा दोस्रो र स्पोर्टमा तेस्रो स्थान हासिल गर्न सफल भएकी छन् ।



नेपालबाट विदेश पढ्न जाने विद्यार्थीहरुलाई परिवारबाट टाढा हुनुको पिडा, कामको तनाव, पढाइको तनाव धेरै हुने गरेको सुनिताको अनुभव छ । उनि फिटनेस क्लवमा व्यायम गर्दा तनाव कम हुने सुनाउँछिन् ।

धेरै अन्तराष्ट्रिय विद्यार्थीहरुले विभिन्न तनावका कारणले आफ्नो ज्यान गुमाइरहेका छन् । मेन्टल हेल्थ वार्डमा काम गर्ने सुनिता आफु जस्तै अरु विद्यार्थीहरुलाई तनाव भएर बस्नुभन्दा आफ्नो मानसिक तथा शारीरकि स्वास्थ्यको लागि प्रोत्साहन गर्छिन । अष्ट्रेलियामा नर्सिङ विषय अध्ययन गर्न धेरै गाह्रो हुँदा पनि बडि बिल्डिङलाई निरन्तरता दिएकी उनले पढाई सकेर नर्सिङको रजिस्ट्रेसन सकिनेवित्तिकै बडि बिल्डिङको तयारी गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट