![283944380_5130088367097935_4211796382457716053_n.jpg](https://www.sutranews.com/wp-content/uploads/2022/05/283944380_5130088367097935_4211796382457716053_n.jpg.jpg)
![सरकारी जग्गा बेच्न ५ करोड २० लाख बैना लिने २ जना प्रहरी नियन्त्रणमा](https://www.sutranews.com/wp-content/uploads/2022/05/283944380_5130088367097935_4211796382457716053_n.jpg.jpg)
सरकारी जग्गा बेच्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुरको सुडालमा रहेका विभिन्न कित्ता नम्बरका अर्कैका नाममा रहेका जग्गा बेचाउने गिरोहका दुई जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा भक्तपुरका ७२ वर्षीय केशव प्रसाद अधिकारी र ५८ वर्षीय ईश्वर गाईजु रहेका छन् । उनीहरूले भक्तपुरको सुडालमा रहेको सरकारी जग्गालाई सम्बन्धित जग्गा धनीसँग अनुमती नलिई अनुमति लिएका छौं भनी झुक्याई ५ करोड २० लाख रूपैयाँ बैना लिई ठगी गरेका थिए ।
आफु ठगिएको भन्दै खोटाङ बुईपा ३ घर भई हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बस्ने धनिराम राई समेतले प्रहरीमा उजुरी दिएका थिए । उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुवै भक्तपुर मालपोत कार्यालयको गेटबाट पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।