एमाले जनताप्रति इमान्दार नभएर जनताले गठबन्धन रोजे : बानियाँ-Sutra News

एमाले जनताप्रति इमान्दार नभएर जनताले गठबन्धन रोजे : बानियाँ

शुक्रबार, १३ जेष्ठ २०७९

शुक्रबार, १३ जेष्ठ २०७९

नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले संघ र प्रदेश सरकार चारवर्ष सञ्चालन गर्दा नेकपा एमालेले जनताप्रति इमान्दार भएर काम नगरेका कारण जनताले गठबन्धन रोजेको बताएका छन् ।



शुक्रबारबाट सुरु भएको प्रदेशसभाको दशौं अधिवेशनमा शुभकामना व्यक्त गर्दै बानियाँले सत्तारुढ गठबन्धनको पक्षमा स्थानीय तहको निर्वाचनको समयमा देखिएको माहौलबाट डराएर एमालेले जोसँग पनि चुनावी तालमेल गरेको आरोप समेत लगाएका छन् । ‘भन्नलाई हामी एक्लै लड्यौ भनेका छन् । तर, नौवटा दल मिलेको सबैलाई थाहा छ’ उनले भने ‘कतै कमल थापा, कतै राजेन्द्र लिङ्देनसँग मिलेको हामीलाई थाहा नै छ ।

गठबन्धन गर्ने पार्टी नै नपाएपछि दोबाटेसँग पनि एमालेले तालमेल ग¥यो ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट