काठमाडौँको जिम्मा शाह र डंगोललाई-Sutra News

काठमाडौँको जिम्मा शाह र डंगोललाई

शुक्रबार, १३ जेष्ठ २०७९

शुक्रबार, १३ जेष्ठ २०७९

काठमाडौँ । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह (बालेन) निर्वाचित भएका छन् ।



स्वतन्त्र उम्मेदवार साह ६१ हजार ७६७ मत ल्याएर काठमाडौं महानगरको मेयरमा निर्वाचित भएका हुन् ।

उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याएकी छन् । त्यस्तै एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत ल्याएका छन् ।

उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल विजयी भइन् । उनले ६८ हजार ६१२ मत ल्याएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट