विमानको ठक्करबाट घाँस काटिरहेकी महिलाको मृत्यु-Sutra News

विमानको ठक्करबाट घाँस काटिरहेकी महिलाको मृत्यु

बुधबार, ११ जेष्ठ २०७९

बुधबार, ११ जेष्ठ २०७९

एउटा अनौठो घटना सार्वजनिक भएको छ, जहाँ घाँस काटिरहेकी महिलालाई हवाइजहाजले ठक्कर दिएको छ ।



क्यानडामा भएको घटनामा महिलाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

दिउँसो १ बजेतिर मोन्टरियालस्थित सेन्ट–स्पिरिट एयरफिल्ड नजिकै ट्रयाक्टर चलाएर घाँस काटिरहेकी २७ वर्षीया महिलालाई हवाइजहाजले ठक्कर दिएको थियो ।

घटनापछि ती महिलालाई अस्पताल लगिएको भए पनि  मृत घोषणा गरिएको थियो । हवाईजहाज पाइलटलाई चोट नलागे पनि घटनापछि उनी स्तब्ध भएका छन् ।

स्थानीय प्रहरी प्रवक्ता मार्क टेसियरका अनुसार महिलाले घाँस काटिरहेको बेला चीनले बनाएको नेनचेङ सीजे–६ जहाज आएर ठक्कर दिएको हो । महिलासँग ठोक्किएको विमानको हिस्सामा क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट