रविन्द्र मिश्रको राजीनामा के नैतीक राजनीतिको सुरुवात हो ?-Sutra News

रविन्द्र मिश्रको राजीनामा के नैतीक राजनीतिको सुरुवात हो ?

बुधबार, ११ जेष्ठ २०७९

बुधबार, ११ जेष्ठ २०७९

स्थानीय तह निर्वाचनमा देशैभरीको मत परिणाम निराशाजनक भनौं या सून्य अवस्थामा पुगेपछि विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले राजीनामा दिएका छन् । उनको यो राजीनामालाई कतिपयले हारपछिको नैतीक राजनीतिको रुपमा विश्लेषण गर्न थालेका छन् ।



विवेकशील साझा पार्टीलाई वैकल्पिक राजनीतिक शक्तिको रुपमा ब्याख्या गर्दै आएका मिश्रले अप्रत्यासित हार व्यहोर्नु परेपछि पार्टी अध्यक्षबाट राजीनामा दिएर नैतीकताको राजनीति गर्न खोजेको देखिन्छ । उनले आफ्नो राजीनामा पत्रमा गत ५ वर्ष तन, मन र धनले भ्याएसम्म पहिले संयोजक र पछि अध्यक्षका रूपमा निस्वार्थ र इमानदार प्रयास गर्दागर्दै पनि निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।

यस्तै विभिन्न समयमा विभिन्न पार्टीका अध्यक्षहरुले पार्टीको निराशाजनक मत परिणाम आउँदा राजीनामा दिएको पाइन्छ । २०६४ को संविधान सभा निर्वाचनमा एमालेले लज्जाजनक हार व्यहोरेपछि माधव नेपालले महासचिवबाट राजीनामा दिएका थिए । उनले एमालेको हारको सम्पूर्ण जिम्मेवारी लिंदै नैतीक रुपमा राजीनामा दिएको बताएका थिए ।

पछिल्लो पटक पार्टीलाई पहिलो स्थान दिलाई छाड्ने उद्घोष गरेका एमालेका अध्यक्ष केपी ओलीले अब के गर्लान हेर्न बाँकी नै छ । तर उनको प्रतिबद्धतालाई मान्ने हो भने पार्टीले दोस्रो स्थान हासिल गरेपछि नैतीक आधारमा राजीनामा दिनुपर्ने चर्चा सुरु भएको छ ।

त्यस्तै राप्रपा र राप्रपा नेपालमाथि पनि नैतीकताको प्रश्न खडा भएको छ । यद्यपी राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले हार व्यहोरे पनि लोकप्रिय मत प्राप्त गरेको दावी गरेका छन् ।

जे होस् नैतीकताको राजनीति गर्नेले आफ्नो कमजोरी र त्रुटीमाथि समिक्षा गर्नुपर्छ र आवश्यकताको आधारमा राजीनामा पनि दिन सक्नुपर्छ । यसै परिवेषमा विवेकशील साझाको अध्यक्षबाट मिश्रले दिएको राजीनामा नैतीक राजनीतिको सुरुवात हो की भन्नेमा बहस सुरु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट