सुनिताले लिएर आइन ‘मुटुको टुकुरा’-Sutra News

सुनिताले लिएर आइन ‘मुटुको टुकुरा’

बुधबार, ११ जेष्ठ २०७९

बुधबार, ११ जेष्ठ २०७९

केही समय पहिले सार्वजनिक भएको ‘मेलो बाबा’ गीतलाई दर्शक श्रोताहरुले अत्याधिक मनपराई दिएपछि ‘मेलो बाबा’ टिमको अर्को सहकार्यमा ‘मुटुको टुकुरा’ बोलको अति नै मिठो दोहरी गीतको भिडियो सार्वजनिक भएको छ ।



एकपछि अर्को हिट गीतको कोरियोग्राफी गर्दै आइरहेकी नृत्य निर्देशक सुनिता वस्नेतको कोरियोग्राफी रहेको भिडियोमा कोरियोग्राफी वस्नेतले सत्य नारायण पुजामा साँझ रोधी बस्ने हाम्रो गाउँघरमा झल्किने मौलिक संस्कृतिलाई भिडियोमा जस्ताको त्यस्तै उतार्ने कोशिस गरेकी छन् ।

अमृत भारतीको शब्द, संगीत रहेको गीतमा राम कुमार नेपाली, सारदा रसाईली, अमृत भारतीको मिठो स्वर समेटिएको छ । राम कुमार, अमृत, मनोज, प्रनिशा, सिता, निरुता, प्रज्ञा, कृशला आदिको अभिनय रहेको छ भने भिडियो भारती पिक्चर्स प्रालिको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट