![Texas School Shooting](https://www.sutranews.com/wp-content/uploads/2022/05/ap22144741434303-505e1e21298c40f063c6e9db6b3576764fff2419-s1100-c50.jpg)
![अमेरिकाको विद्यालयमा नरसंहार, शिक्षकसहित कम्तीमा १५ जनाको मृत्यु](https://www.sutranews.com/wp-content/uploads/2022/05/ap22144741434303-505e1e21298c40f063c6e9db6b3576764fff2419-s1100-c50.jpg)
अमेरिकाको टेक्सासमा गोली चल्दा कम्तीमा १४ बालबालिका र एक शिक्षकको मृत्यु भएको छ । रब एलिमेन्ट्री स्कुलमा १८ वर्षीय बन्दुकधारीले एक प्राथमिक विद्यालयमा हमला गर्दा उनीहरुको मृत्यु भएको राज्यका गभर्नरले जानाकारी दिए ।
पछिल्लोे हमला वर्षौंपछि देशको सबैभन्दा डरलाग्दो आक्रमण हो । उक्त विद्यालयमा सातदेखि १० वर्षका बालबालिका अध्ययन गर्छन् । गभर्नर ग्रेग एबोटले पत्रकार सम्मेलनमा भने, ‘आक्रमणकारीले भयानक र बुझ्न नसकिने गरी १४ विद्यार्थी र एक शिक्षकको हत्या गरेको छ । ’
आक्रमणकारीको पनि मृत्यु भएको छ । कानुन पालना गराउने अधिकारीको कारबाहीमा उनी मारिएको प्रारम्भिक विवरणमा जनाइएको छ ।
राष्ट्रपति जो बाइडनले मृतकहरूको सम्झनामा तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिएका छन् ।