

काठमाडौँ । आगामी जेठ १४ गते दशरथ रंगशालामा हुने भनिएको सलमान खानको ‘दबंग टुर रिलोडेड’ नहुने भएको स्थगित भएको छ ।
ओडीसी इन्टरटेन्मेन्ट र हिता ग्रुपको संयुक्त आयोजनामा हुन लागेको उक्त कार्यक्रममा सलमानसँगै अरु कलाकारहरु नेपाल आउने तयारी गरिएको थियो ।
कार्यक्रममा प्रवेशका लागि दर्शकहरुले नर्मल ५ हजार, सिल्भर १० हजार, गोल्ड टिकट १५ हजार र प्लेटिनम टिकट २५ हजार रूपैयाँ तिर्नुपर्ने गरी व्यवस्था मिलाइएको थियो ।
यता प्रेम आलेले सलमान खानलाई माउन्टेन फ्लाईटको समेत निम्तो दिइसकेका थिए ।