‘लोकतान्त्रिक’ ज्याकडाहरुले निर्णय गर्दा चर्को आवाज निकाल्छन्ः अध्ययन्-Sutra News

‘लोकतान्त्रिक’ ज्याकडाहरुले निर्णय गर्दा चर्को आवाज निकाल्छन्ः अध्ययन्

मंगलबार, १० जेष्ठ २०७९

मंगलबार, १० जेष्ठ २०७९

ज्याकडाहरूले ‘लोकतान्त्रिक’ प्रक्रिया प्रयोग गरेर कहिले सामूहिक रूपमा आफ्नो वासस्थान छाड्ने भन्ने निर्णय गर्ने वैज्ञानिकहरूले पत्ता लगाएका छन् ।
हजारौं ज्याकडाहरू अचानक जाडोमा बिहानको आकाशमा जान सक्छन् । गुँड छोड्न चाहेमा चराहरुले बेस्सरी आवाज निकाल्ने अनुसन्धानकर्ताहरुले पत्ता लगाएका छन् । जब आवाज एकदम चर्काे तहमा पुग्छ, यसले संकत गर्छ कि उनीहरु उड्न तयार छन् ।



ज्याकडा कागजस्तै एक प्रकारको चरा हो ।
जनावरहरूले कसरी सामूहिक निर्णयहरू गर्छन् भन्ने बारे दुर्लभ अन्तरज्ञान हुने बेलायतको एक्सेटर विश्वविद्यालयका प्राध्यापक एलेक्स थोरन्टन बताउँछन् ।

उनी अगाडि भन्छन्, ‘जब चराले बोलउछन, यो उनीहरुले छोड्न चाहेको संकेत हो ।’ सामूहिक निर्णय दुई कुरामा निर्भर हुन्छ । पहिलो आवाजको मात्रा र दोस्रो आवाजको तीब्रता ।

चराहरू सहमतिमा पुगेपछि एकै पटक हजारौँ चराहरु औसतमा पाँच सेकेन्डमा रूखबाट उड्छन् ।

करेन्ट वायोलोजिमा अध्ययन प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट