![collage-10-](https://www.sutranews.com/wp-content/uploads/2022/05/collage-10-.jpg)
![लुम्बिनी नगरपालिका मेयरमा कांग्रेस र उपमेयरमा एमाले निर्वाचित](https://www.sutranews.com/wp-content/uploads/2022/05/collage-10-.jpg)
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी भएको छ ।
कांग्रेसका सजरुद्दीन मुसलमान ८ हजार २११ मतसहित मेयरमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका चन्द्रकेश गुप्ता २ हजार ६१५ मतको अन्तरले पराजित भए । गुप्ताले ५ हजार ५९६ मत पाए ।
उपमेयरमा एमालेकी कल्पना हरिजन निर्वाचित भएकी छन् । ६ हजार १६९ मत पाएर निर्वाचित हुँदा जनता समाजवादी पार्टीकी सबनम जहाँ शेषले ४ हजार ९०९ मत पाएकी छन् ।