राप्रपाले भन्यो- पेट्रोलियम पदार्थमा लगाइएको करमा पुनर्विचार गरियोस्-Sutra News

राप्रपाले भन्यो- पेट्रोलियम पदार्थमा लगाइएको करमा पुनर्विचार गरियोस्

सोमबार, ९ जेष्ठ २०७९

सोमबार, ९ जेष्ठ २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पेट्रोलियम पदार्थमा लगाइएको करमा पुनर्विचार गर्न आग्रह गरेको छ ।



अध्यक्ष राजेन्द्र लिङदेनले श्रृङखलावद्ध रुपमा पेट्रोलियम पदार्थ र खाना पकाउने ग्याँसमा भइरहेको मूल्यवृद्धि अव्यवहारिक र आपत्तिजनक रहेको बताउँदै मूल्यवृद्धि नियन्त्रण गर्न माग गरेका छन् ।

लिङदेनले बढाइएको मूल्य तत्काल फीर्तागर्न माग गरेका छन् । उनले पेट्रोलियम पदार्थमा राज्यले भन्सार र विभिन्न शीर्षकमा लिइरहेको करको नुनर्विचार गरी मूल्य नियन्त्रण गर्न र विद्युत उत्पादन, खपत र वैकल्पिक ऊर्जाको आवश्यक कार्ययोजना ल्याउन सरकारसँग माग गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट