भरतपुरमा केहीबेर रोकिएको मतगणना पुनः सुरु-Sutra News

भरतपुरमा केहीबेर रोकिएको मतगणना पुनः सुरु

सोमबार, ९ जेष्ठ २०७९

सोमबार, ९ जेष्ठ २०७९

चितवनको भरतपुर महानगरपालिकाको केहीबेर रोकिएको मतगणना सुरु भएको छ । वडा नं. २७ को मतगणनाका क्रममा एकजना एमाले कार्यकर्तालाई पक्राउ गरेको विरोधमा एमालेले मतगणना रोक्न माग गरेको थियो ।



सोमबार दिउँसो सवा ४ बजे वडा नम्बर २७ को मतपेटिका जाँचका लागि पुगेका एमालेका प्रतिनिधि फर्किने क्रममा एकाएक मतगणना स्थलमा प्रवेश गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

उनलाई पक्राउ परेको विषयमा एमालेका कार्यकर्ताले विरोध गर्दै उनलाई रिहा नगरेसम्म मतगणना हुन नसक्ने अडान लिएका थिए । केहीबेरको विवादपछि फेरि मतगणना सुरु भएको छ ।

ती प्रतिनिधिले मतगणना भइरहेको जालीभित्रै प्रवेश गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । आफ्नो प्रतिनिधि झुक्किएर जालीभित्र प्रवेश गरेको जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले बताए ।

एमाले प्रतिनिधिलाई कर्मचारी ठानेर प्रहरीले पनि भित्र छिर्न दिएको थियो । भरतपुर महानगरको मतगणना अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट