अनाथालयलाई सहयोग जुटाउन अभिनेता जोशीको लण्डनदेखि पेरिससम्म साइकल यात्रा-Sutra News

अनाथालयलाई सहयोग जुटाउन अभिनेता जोशीको लण्डनदेखि पेरिससम्म साइकल यात्रा

सोमबार, ९ जेष्ठ २०७९

सोमबार, ९ जेष्ठ २०७९

अभिनेता, निर्माता बिक्रम डि जोशीको समुहले बेलायतको राजधानी लण्डनदेखि फ्रन्सको इफेल टावरसम्म २४० माइल (करिब ३८७ किमी) लामो दुरी साइकलबाटै पूरा गरेका । उनीहरु शुक्रबार लण्डनको लण्डन ब्रिजबाट २० मेबाट यात्रा सुरु गरेर लगातार तीन दिन साइकिलिङ्गपछि २२ मे राती पेरिस इफेल टावर पुगेका हुन् ।



विभिन्न फिल्मका अभिनय गरिसकेका जोशीले धुलीखेलमा हेल्प नेपाल नेटवर्कले संचालन गरेको चिल्ड्रेन्स् होम नामक अनाथालयलाई आर्थिक सहयोग जुटाउने उद्धेश्यले ६ जना नेपाली साथीहरुको समुह बनाई ‘लण्डन टु पेरिस च्यारिटी राइड’ गरेको उल्लेख गरे । साइकल यात्रामा जोशीसहित शुलभ पन्त, सुशील प्रसाईं, मनोज श्रेष्ठ, प्रसिद्ध प्रधान, सुनील कार्की र लक्ष्मण गुरुङको टिम रहेको छ ।

‘हामीहरुको म्यानुअल साइकल (पाइडल घुमाउदै) मार्फत लण्डनबाट पेरिस पुगेका छौं,’अभिनेता जोशीले भने, ‘साइकलमा यति लामो दुरी पार गरिएको सायद पहिलोचोटी हुनुपर्छ । ’ उनले यो यात्राका लागि तीन साताअघिदेखि मात्रै तयारी गरेको बताए ।

उलवीच अर्सेनल राइडर्स क्लव (डब्लुएआरसी) र नेपाल युथ एसोसिएसन युकेको आयोजनामा भएको साइकल यात्राबाट ६ हजार पाउन्ड (करिब पौने ९ लाख रुपैंयाँ) संकलन भएको जोशीले जानकारी दिए । उनले यो अभियान सुरु भएदेखि बिभिन्न देशबाट सहयोग मिलिरहेको बताउँदै जोकोहीले पनि जस्ट गिभिङ डटकम (justgiving.com) नामक अनलाइनमार्फत रकम सहयोग गर्न आग्रह गरे । उनले अनाथ बालबालिकाका लागि बिश्वभरबाट माया, साथ, सहयोग र हौसला दिनुहुन सबैलाई अनुरोध गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट