बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते-Sutra News

बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते

आइतबार, ८ जेष्ठ २०७९

आइतबार, ८ जेष्ठ २०७९

जुम्लामा एम्बुलेन्स दुर्घटना भएको छ । जिल्लाको कनकासुन्दरी गाउँपालिकाबाट बिरामी ल्याउदै गरेको एम्बुलेन्स दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार कनकासुन्दरी गाउँपालिका ६ स्थित दाँते ओखरमा क १ झ १५ नम्बरको कनकासुन्दरी गाउँपालिकाको एम्बुलेन्स आईतबार बिहान दुर्घटना भएको हो ।



प्रहरी निरीक्षक तथा सूचना अधिकारी भुवन भट्टका अनुसार दुर्घटनामा तीन जना सामान्य घाईते भएका छन् । कनकासुन्दरी ६ निवासी दलविरे ऐडी बिरामी भई सदरमुकाम ल्याइदै गर्दा दुर्घटना भएको हो । प्रहरी निरीक्षक भट्टका अनुसार एम्बुलेन्स सड्कबाट १५२० मिटर तल एम्बुलेन्स खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट