

१२ स्थानीय तह र १०३ वडा रहेको सिन्धुपाल्चोकमा स्थानीय निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।
कांग्रेसले बाह्रविसे नगरपालिका, मेलम्ची नगरपालिका, भोटेकोसी गाउँपालिका, हेलम्बु गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिका जितेको छ । माओवादी केन्द्रले चौतारा साँगाचोकगढी नगरपालिका, बलेफी गाउँपालिका, लिसंखुपाखर गाउँपालिका र जुगल गाउँपालिका जितेको छ । एमालेले इन्द्रावती गाउँपालिका, सुनकोसी गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिका जितेको छ ।
जिल्लाका १०३ वडामध्ये कांग्रेसले ५३, एमालेले ३६, माओवादीले ११, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र उम्मेदवारले एक-एक वडा जितेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा हेलम्बु गाउँपालिका अध्यक्षमा पुरानै अनुहार दोहोरिएका छन् ।