नेपाल टस जितेर ब्याटिङ गर्दै-Sutra News

नेपाल टस जितेर ब्याटिङ गर्दै

बिहिबार, ५ जेष्ठ २०७९

बिहिबार, ५ जेष्ठ २०७९

तेस्रो टी–२० खेलमा युगान्डाविरुद्ध नेपालले टस जितेर ब्याटिङ गरिरहेको छ । कीर्तिपुर स्थित टियु मैदानमा कप्तान रुविना क्षेत्रीले टस जितेर सुरुआती ब्याटिङ गर्ने निर्णय गरकी हुन् ।



जारी खेलमा नेपालले १० ओभर खेल्दा दुई विकेट गुमाएर ३८ रन बनाएको छ । श्रृंखलामा युगान्डा लगातार तेस्रो खेल जित्ने योजनामा छ । यदि आजको खेल जिते युृगान्डाले श्रृंखला दुई खेल अघि नै आफ्नो नियन्त्रणमा राख्नेछ ।

त्यसैले नेपाल आजको खेल जित्दै श्रृंखलामा पुनरागमन गर्न चाहन्छ । पहिलो खेलमा युगान्डा १२ रन र दोस्रो खेलमा एक विकेटले विजयी भएको थियो ।

यस पछि दुई खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट