

सिन्धुलीको फिक्कल गाउँपालिका अध्यक्षमा एमालेकी पार्वती सुनुवार विजयी भएकी छन् । गठबन्धनको तर्फबाट कांग्रेसका नृप भुजेललाई ४५ मतले पराजित गर्दै सनुवार निर्वाचित भएकी हुन् ।
एमालेकी सुनुवारले ४ हजार ६२ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भुजेलले ४ हजार १७ मत पाए । सुनुवार सिन्धुलीमा गाउँपालिका अध्यक्षमा निर्वाचित हुने पहिलो महिला उम्मेदवारसमेत बनेकी छन् ।
उपाध्यक्षमा भने एमालेकै राजु बरालले फराकिलो अन्तरमा विजयी भएका छन् । बरालले ४ हजार २ सय ५६ मत पाई निर्वाचित हुँदा गठबन्धनबाट माओवादी केन्द्रका लोकेन्द्र कार्कीले ३ हजार ४ सय २६ मत प्राप्त गरे ।
६ वडा रहेको फिक्कलमा वडा नं. १ माओवादी केन्द्र र वडा नं. ४ मा कांग्रेसका उम्मेदवार विजयी भए भने बाँकी सबै वडा एमालेले जितेको छ ।