संसदमा प्रदीप ज्ञवालीको सम्बोधनः देश संकटमा छ, सरकार गम्भीर बन्न सकेन-Sutra News

संसदमा प्रदीप ज्ञवालीको सम्बोधनः देश संकटमा छ, सरकार गम्भीर बन्न सकेन

मंगलबार, ३ जेष्ठ २०७९

मंगलबार, ३ जेष्ठ २०७९

एमाले सांसद एवं उपमहासचिव प्रदीप ज्ञवालीले देश संकटमा पर्दा पनि सरकार गम्भीर नभएको आरोप लगाएका छन् ।



मंगलबारबाट सुरु भएको संसदको ११औँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले आर्थिक अवस्थासहितका कारण देश संकटमा पर्दा पनि प्रधानमन्त्री र विभागीय मन्त्री गम्भीर बन्न नसकेको आरोप लगाए ।

‘सत्ताको सेटिङ तुहिएको छ भने प्रधानमन्त्रीज्यू ब्युँझिनुहोस्, मन्त्रीज्यू ब्यूँझिनुहोस्, देश संकटमा छ’, उनले भने, ‘देश संकट पर्दा पनि सरकार गम्भीर बन्न सकेन । हामी यसको खबरदारी गर्छौैं ।’

त्यस्तै एमालेले गत वर्ष भदौ २३ गतेदेखि जारी राखेको संसद् अवरोध पनि फिर्ता लिएको छ । उपमहासचिव ज्ञवालीले रोस्ट्रमबाट धारणा राख्दै अवरोध फिर्ता लिएको बताए । निर्वाचनले मुलुक एउटा कोर्समा गएकाले संसदको अवरोध हटाउने निर्णय गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट