नरहरिनाथ गाउँपालिकामा कांग्रेसका विष्ट विजयी-Sutra News

नरहरिनाथ गाउँपालिकामा कांग्रेसका विष्ट विजयी

मंगलबार, ३ जेष्ठ २०७९

मंगलबार, ३ जेष्ठ २०७९

कालिकोटको नरहरिनाथ गाउँपालिकामा नेपाली कांग्रेसका नगेन्द्र विष्ट विजयी भएका छन् । मंगलबार सार्वजनिक मतपरिमाणअनुसार विष्टले दुई हजार छ सय ३६ मत ल्याएर विजयी भएका हुन् ।



उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका धीरबहादुर विष्टले दुई हजार चार सय ४५ मत ल्याएका थिए ।

त्यस्तै, उपाध्यक्षमा माओवादी केन्द्रका कमलबहादुर शाह विजयी भएका छन् । उनले दुई हजार नौ सय १७ मत पाएका छन् । उनका निकटम प्रतिद्वन्द्वी सीता रावलले दुई हजार दुई सय ८३ मत पाएकी छन् ।

स्वतन्त्र उम्मेदवारी दिएका नेत्रविक्रम विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य एटम बिसीले एक हजार नौ मत पाए । यस गाउँपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट