सान्नी त्रिवेणीको अध्यक्षमा मोहनबहादुर विजयीः पार्टीले कारबाही गरेपनि जनताबाट अनुमोदित-Sutra News

सान्नी त्रिवेणीको अध्यक्षमा मोहनबहादुर विजयीः पार्टीले कारबाही गरेपनि जनताबाट अनुमोदित

मंगलबार, ३ जेष्ठ २०७९

मंगलबार, ३ जेष्ठ २०७९

सान्नी त्रिवेणी गाउँपालिका कालीकोटको अध्यक्षमा स्वतन्त्र उम्मेदवार मोहनबहादुर केसी विजयी भएका छन् । केसीले १८२२ मत ल्याएर विजयी भएका हुन् ।



केसी माओवादी केन्द्रका बागी उम्मेदवार हुन् । उनले माओवादी केन्द्रकै उम्मेदवार निवर्तमान अध्यक्षसमेत रहेका डम्मरबहादुर शाहीलाई पराजित गरे । माओवादीका शाहीले १३२५ मत पाएका छन् ।

माओवादी केन्द्रले शाहीलाई टिकट दिएपछि केसीले बागी उम्मेदवारी दिएका थिए । पुतली चुनाव चिह्न लिएर चुनाव लडेका केसीले पार्टीका आधिकारीक उम्मेदवार शाहीलाई ४९७ मतान्तरले पराजित गरेका छन् ।

केसीले बागी उम्मेदवारी दिएपछि माओवादी केन्द्रले उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

यस्तै, गाउँपालिकाको उपाध्यक्षमा एमालेकी पार्वती सिंह (संज्याल) विजयी भएकी छिन् । उनले १६८१ मत ल्याएर विजयी भइन् । उनकी प्रतिद्वन्द्वी कांग्रेसकी पशुबिना बमले १२२२ मत ल्याइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट