हिमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसको पल्ला भारी-Sutra News

हिमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसको पल्ला भारी

सोमबार, २ जेष्ठ २०७९

सोमबार, २ जेष्ठ २०७९

जुम्लाको हिमा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका लक्ष्मण शाही विजयी भएका छन् । नेकपा माओवादी केन्द्रका अमरजंग शाहीलाई पराजित गर्दै लक्ष्मण शाही विजयी भएका हुन् ।



लक्ष्मण शाही एक हजार आठ सय ७२ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिद्धन्द्धी माओवादी केन्द्रका अम्मराज शाहीले एक हजार चार सय २३ मत ल्याएका थिए ।

उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी सुर्पना शाही विजयी भएकी छिन् । उनले एक हजार पाँच सय १८ मत ल्याएकी छन् भने उनको प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रकी कल्पना दमाईले एक हजार चार सय ८९ मत ल्याएकी हुन् ।

विजयी शाही नेपाली कांग्रेसका जिल्ला पाटी सचिव हुन् । २०७४ सालमा लक्ष्मण शाही झिनो मतले गाउँपालिका अध्यक्षमा पराजित भएका थिए । लक्ष्मण शाही लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिकमा सक्रिय थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट