मकवानपुरको कैलाश गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी-Sutra News

मकवानपुरको कैलाश गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी

सोमबार, २ जेष्ठ २०७९

सोमबार, २ जेष्ठ २०७९

मकवानपुरको कैलाश गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका लोकबहादुर मुक्तान र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका बालकुमार मल्ल विजयी भएका हुन् ।



अध्यक्षमा विजयी मुक्तानले चार हजार ८९७ मत प्राप्त गर्दै उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार नरेन्द्रलाल रिजाललाई चार हजार ९३ मतले हराएका हुन् ।

त्यसैगरी उपाध्यक्षमा विजयी मल्लले चार हजार ८८ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सुकुमाया थिङले तीन हजार ९३७ मत प्राप्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट