गोरखामा १ मतले एमाले उम्मेदवारले जितेपछि तनाव, सर्वदलीय बैठक बस्दै-Sutra News

गोरखामा १ मतले एमाले उम्मेदवारले जितेपछि तनाव, सर्वदलीय बैठक बस्दै

सोमबार, २ जेष्ठ २०७९

सोमबार, २ जेष्ठ २०७९

गण्डकी गाउँपालिका– ४ को वडाध्यक्षमा नेकपा एमालेका राजुबाबु भण्डारी १ मतान्तरले मात्रै विजयी भएपछि स्थित तनाव भएको छ । मतगणना सकिए पनि १ मतान्तरले जितेपछि कांग्रेसले पुनः मतगणनाको माग गर्दै मतपरिणाम सार्वजनिक गर्न दिएको छैन ।



भण्डारीले नेपाली कांग्रेसका उम्मेदवार जितबहादुर गुरुङलाई १ मतान्तरले पराजित गरेका छन् । भण्डारीले ४१० मत प्राप्त गरे भने गुरुङले ४०९ मत प्राप्त गरेका छन् । यस्तै, ३ वडा सदस्य एमालेले र १ सदस्य नेपाली कांग्रेसले जितेको छ । वडाको दुई वटा बुथमा गरेर १२९३ मत खसेको थियो ।

सर्वदलीय बैठक बस्दै
निर्वाचन अधिकृतको कार्यालयले मत परिणाम सार्वजनिक गर्न तयारी गर्दागर्दै कांग्रेसले पुनः मतगणनाको माग गरेको छ । अहिले सर्वदलीय बैठक बसिरहेको निर्वाचन अधिकृत बासुदेव रेग्मीले जानकारी दिए ।

‘१ मतान्तरले जितेपछि मतपरिणाम सार्वजनिक गर्नुअघि सर्वदलीय बैठक बसिरहेको छ । केही निर्णय आउला अनि मात्रै के गर्ने भन्न सकिन्छ’, रेग्मीले भने ।
मतान्तर आएकाले पुनमतगणनाको सम्भावना नरहेको उनले संकेत गरे । ‘बराबर आएको भए पुनः गणना या के गर्ने भन्ने हुन्थ्यो । मतान्तर आईसक्यो । जति मतान्तर आएपनि, मतान्तर नै हो । त्यही पनि दलहरुले केही निर्णय गर्नुहोला । उहाँहरुले सहमति जुटाउनु हुन्छ भन्ने नै छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट