काठमाडौंको गोकर्णेश्वरमा मेयर र उपमेयर दुवैमा एमालेको अग्रता-Sutra News

काठमाडौंको गोकर्णेश्वरमा मेयर र उपमेयर दुवैमा एमालेको अग्रता

आइतबार, १ जेष्ठ २०७९

आइतबार, १ जेष्ठ २०७९

गोकर्णेश्वर नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेकपा एमालेको अग्रता कायमै रहेको छ ।



यही वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना त्यसै रातिदेखि सुरु भएको थियो । एमालेबाट प्रमुख पदका उम्मेदवार उद्धव विष्टले तीन हजार ६४१ मत पाएका छन् ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका दीपक रिसालले दुई हजार ९३८ मतका साथ पछ्याइरहेका छन् । नेकपा (एकीकृत समाजवादी)का गोपाल बरालले २४६ मत पाएका छन् ।

यसैगरी उपप्रमुखमा एमालेकै सान्नानी लामाले तीन हजार ४८३, कांग्रेसका शान्ति नेपालले दुई हजार ७९९ र नेकपा माओवादी केन्द्रका पेमाछिरि शेर्पाले ६०६ मत पाएका छन् । नगरपालिकाको १, २ र ३ गरी तीन वडाको मतगणना सम्पन्न भएको निर्वाचन अधिकृत रञ्जु गौतमले जानकारी दिए ।

तीन वटै वडामा एमाले वडाध्यक्षसहित प्यानल नै विजयी भएको छ ।

गोकर्णेश्वर नगरपालिकामा २४ हजार २४२ मत खसेको छ । यो कूल मतदाता सङ्ख्याको ७१.३२ प्रतिशत हो । नगरपालिकामा कूल ३३ हजार ९८९ मतदाता सङ्ख्या रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट