भक्तपुरमा नेमकिपा उम्मेदवार सुनिल प्रजापतिको प्रतिद्वन्द्वीभन्दा ५ गुणा बढी मतान्तर-Sutra News

भक्तपुरमा नेमकिपा उम्मेदवार सुनिल प्रजापतिको प्रतिद्वन्द्वीभन्दा ५ गुणा बढी मतान्तर

आइतबार, १ जेष्ठ २०७९

आइतबार, १ जेष्ठ २०७९

भक्तपुर नगरपालिकाका नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का मेयर उम्मेदवार सुनिल प्रजापतिले प्रतिद्वन्द्वीभन्दा पाँच गुणा बढी मतान्तरले अग्रता लिएका छन् ।



उनले नेपाली कांग्रेसका रामप्रसाद कासुलाभन्दा पाँच गुणा बढी मतले अग्रता लिएका हुन् ।

करिब १५ हजार मत गणना हुँदा प्रजापतिले ९०३१ मत ल्याएका छन् भने कासुलाले १८१२ मत ल्याएका छन् ।

त्यसैगरी नेकपा एमालेका रवीन्द्र लाछिमस्यु १०८८ मतसहित तेस्रो स्थानमा छन् ।

निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाका अनुसार अहिलेसम्म भक्तपुरको वडा नम्बर १, २ र ३ को मतगणना भइसकेको छ । हाल वडा नम्बर ४, ५ र ६ को मत गणना भइरहेको बास्तोलाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट