स्वस्तिक छापको विवादले भरतपुर महानगरको मतगणना रोकियो-Sutra News

स्वस्तिक छापको विवादले भरतपुर महानगरको मतगणना रोकियो

आइतबार, १ जेष्ठ २०७९

आइतबार, १ जेष्ठ २०७९

चितवनको भरतपुर महानगरको मतगणना रोकिएको छ । स्वस्तिक छापका विषयमा विवाद हुँदा मतगणना रोकिएको हो ।



वडा नं. २ को गणना जारी रहँदा सू्र्य चिह्नमा परेको मतपत्रमा स्वस्तिकको मसी केही बढी लागेको मतलाई बदर गरेपछि मतगणनामा विवाद भएको एमालेका युवा नेता अस्मिन घिमिरेले बताए ।

‘पहिला सदर गरेको मतपत्र पछि श्रीमानले बदर भन्नुभयो त्यसमा हामीले आपत्ती जनायौं,’ घिमिरेले भने, ‘मुख्य निर्वाचन अधिकृत र गणक कर्मचारीले भूमिका शंकास्पद छ ।’

उनले पहिला यो विषयको टुंगो नलागेसम्म एमालेका कोही पनि प्रतिनिधि नबस्ने बताए । अहिले एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने मुख्य निर्वाचन अधिकृतसँग कुरा गर्न गएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट