ललिपुर महानगरमा कांग्रेसको उम्मेदवार नै नभएको उपमेयरमा भोट-Sutra News

ललिपुर महानगरमा कांग्रेसको उम्मेदवार नै नभएको उपमेयरमा भोट

आइतबार, १ जेष्ठ २०७९

आइतबार, १ जेष्ठ २०७९

सत्ता गठबन्धनको तालमेल भएको ललितपुर महानगरमा कांग्रेसको उम्मेदवार नै नरहेको उपमेयरमा मत परेको छ । गठबन्धनको तर्फबाट ललितपुर महानगरमा कांग्रेसको मेयर र माओवादी केन्द्रको उपमेयरको उम्मेदवार छन् ।



कांग्रेसले उपमेयर नउठाएको उक्त महानगरमा कांग्रेसको रुख चिह्नमा ३११ मत खसेको छ । जबकी, गठबन्धनबाट उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार बाबुराज बज्राचार्यले १६७ मत पाएका छन् ।

मेयरमा उम्मेदवारी नदिएको माओवादी केन्द्रको हँसिया हथौडा चुनाव चिह्मा १० मत परेको छ ।

उपमेयरमा एमालेका उम्मेदवारले पहिलो स्थानको मत पाएका छन् । एमाले उम्मेदवार मञ्जली शाक्य बज्राचार्यले उपमेयरमा ४२० मत ल्याएकी छन् ।

ललितपुरमा कांग्रेसका मेयर चिरिबाबु महर्जन फराकिलो अन्तरले अघि छन् । उनले ८७७ मत ल्याउँदा एमालेका उम्मेदवारले ४०२ मत पाएका छन् । एमालेबाट हरिकृष्ण व्यञ्जनकार मेयरको उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट