प्रधानमन्त्री देउवाको वडामा कांग्रेस पराजित, कांग्रेस बिपीबाट भण्डारी बजयी-Sutra News

प्रधानमन्त्री देउवाको वडामा कांग्रेस पराजित, कांग्रेस बिपीबाट भण्डारी बजयी

शनिबार, ३१ बैशाख २०७९

शनिबार, ३१ बैशाख २०७९

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मत हालेको आफ्नै वडामा कांग्रेसले पराजय भोग्नु परेको छ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ मा कांग्रेसले वडाध्यक्षमा पराजय भोग्नु परेको हो ।



यहाँ नेपाली कांग्रेस बिपीका उम्मेदवार नरेश भण्डारी वडाध्यक्षमा निर्वाचित भएका छन् ।

निर्वाचन अधिकृत शिवप्रसाद रेग्मीले वडाध्यक्षमा भण्डारी निर्वाचित भए पनि औपचारिक घोषणा गर्न बाँकी रहेको बताए।

कांग्रेस बिपी र नेकपा एमालेबीच चुनावी तालमेल भएको थियो । वडाध्यक्षमा निर्वाचित भण्डारीले ६ सय ७३ मत र कांग्रेसका उम्मेदवार चन्द्रबहादुर देउवाले पाँच सय ४४ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट