धनगढी उपमहानगरमा स्वतन्त्रबाट गोपाल हमाल अगाडी-Sutra News

धनगढी उपमहानगरमा स्वतन्त्रबाट गोपाल हमाल अगाडी

शनिबार, ३१ बैशाख २०७९

शनिबार, ३१ बैशाख २०७९

धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका गोपाल हमाल प्ररम्भिक मत गणनामा अगाडी देखिएका छन् ।



उनलाई गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नृपबहादुर वडले पछ्याइरहेका छन् ।

१०० मत गणना गर्दा हमालले ५५ मत ल्याएका छन् भने वडले २२ मत ल्याएका छन् । वड सत्तागठबन्धनका उम्मेदवार छन् ।

नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले २ मत मात्रै ल्याएका छन् ।

उपमेयरमा भने सत्तागठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार शान्ति अधिकारी क्षेत्री ४० मतसहित अघि छन् ।

यस्तै नेकपा एमालेकी कन्दकला रानाले १० मत ल्याएकी छन् भने राप्रपाले ८ मत ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट