

धुलिखेल नगरपालिकाको वडा नम्बर १ को वडाअध्यक्षमा नेपाली कांग्रेसका सन्तबहादुर बिजयी भएका छन् । उनी ५७३ मत प्रप्त गरी निर्वाचित भएका हुन् ।
वडा नम्बर १ को सबै १२८४ मत गणना हुँदा लामा १०६ मतान्तरले निर्वाचित भएका हुन् । एमाले उम्मेदवारले ४६७ मत पाए ।
त्यस्तै मेयरमा स्वतन्त्र उम्मेदवार विदुरकुमार बस्नेतले अग्रता कायम राखेका छन् । वडा नम्बर १ को मत गणना सकिँदा बस्नेतले ५७२ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार अशोककुमार ब्याञ्जुले ४६७ मत पाएका छन् ।
उपमेयरमा कांग्रेस उम्मेदवारले ५८७ र एमाले उम्मेदवारले ४८२ मत पाएका छन् ।