

काठमाडौं महानगरपालिकाको मत गणना भइरहेको । राष्ट्रिय सभा गृहमा वडा नम्बर १ र ३२ को मतगणना भइरहेको छ ।
मतगणनास्थलमा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाह पनि पुगेका छन् । उनले मतगणना भइरहेको स्थानको निरिक्षण गरेका छन् ।
मेयरका अन्य उम्मेदवारहरू मतदानस्थलमा पुगेका छैनन् । यसअघि शुक्रबार मतदान सकिएपछि स्वतन्त्र उम्मेदवारहरूका प्रतिनिधि राख्ने विषयमा विवाद उत्पन्न भएको थियो।
पाँच स्वतन्त्र उम्मेदवारका एक जना मात्रै प्रतिनिधि राख्ने भनेपछि बालेनले असहमति जनाएका थिए । उनले निर्वाचन आयोगको ध्यानाकर्षण समेत गराएका थिए ।
शनिबार बिहान भएको सर्वदलीय बैठकले भने उनको माग पनि सम्बोधन भएको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।