यूएईका राष्ट्रपति शेख खालिफाको निधन, सरकारी अड्डा तथा निजी क्षेत्रमा ३ दिन विदा-Sutra News

यूएईका राष्ट्रपति शेख खालिफाको निधन, सरकारी अड्डा तथा निजी क्षेत्रमा ३ दिन विदा

शुक्रबार, ३० बैशाख २०७९

शुक्रबार, ३० बैशाख २०७९

संयुक्त अरब इमिरेट्स (यूएई)का राष्ट्रपति शेख खालिफा विन जइद अल नह्यानको निधन भएको छ । ७३ वर्षिय खालिफाको शुक्रबार निधन भएको युएईको राष्ट्रपति कार्यालयले जनाएको छ ।



राष्ट्रपतिको निधनमा शुक्रबारदेखि ४० दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाएर शोक मनाइने भएको छ ।‍ यूएईका सबै सरकारी अड्डा तथा निजी क्षेत्रले तिन दिन कामकाज बन्द गर्नेछन् ।

पछिल्लो १८ वर्षदेखि युएईको नेतृत्व गरिरहेका राष्ट्रपति शेख खलीफा चौथो पटक सन् २०१९ मा राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

शेख खलीफाले सन् २००४ नोभेम्बर ३ मा पहिलो पटक संयुक्त अरब इमिरेट्सको राष्ट्रपति तथा अबुधाबीका शासकको रूपमा जिम्मेवारी सम्हालेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट