अछामका दुई ठाउँमा मतदान स्थगित-Sutra News

अछामका दुई ठाउँमा मतदान स्थगित

शुक्रबार, ३० बैशाख २०७९

शुक्रबार, ३० बैशाख २०७९

अछामका दुई ठाउँमा मतदान स्थगित भएको छ । पञ्चदेवल विनायक नगरपालिका-५ लयाटीमा स्वतन्त्र उम्मेदवार पक्ष र कांग्रेस माओवादी गठबन्धनका उम्मेदवारबीच झडप भएपछि मतदान स्थगित भएको हो।



लयाटीमा भएको झडपमा मतपेटिका तोडफोड गरेर मतपत्र च्यातिएका छन् भने चारजना घाइते भएका छन् ।

यस्तै साँफेबगर नगरपालिका-१३ बाब्लामा पनि मतदान स्थगित भएको छ । कांग्रेस-नेकपा एकीकृत समाजवादी गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच विवाद भएको हो ।

मतदान सञ्चालन गर्ने विषयमा अहिले सर्वदलीय बैठक बसिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट