परिवारसहित नारायणमान बिजुक्छेले गरे मतदान-Sutra News

परिवारसहित नारायणमान बिजुक्छेले गरे मतदान

शुक्रबार, ३० बैशाख २०७९

शुक्रबार, ३० बैशाख २०७९

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुर नगरपालिका-५ स्थित श्री विद्यार्थी निकेतन मावि साकोठा भक्तपुर मतदान केन्द्रबाट मतदान गरेका हुन् ।



मतदानका लागि उनी परिवारसहित गाडीमा आएका थिए । चालकसहित श्रीमती शोभा प्रधान, छोरा डा. सुवेग प्रधान गरी चार जनाको संख्यामा आएका उनीहरू मतदान गरेर ८ बजेर ५० मिनेटमा फर्किएका थिए ।

भक्तपुर जिल्लाभरिमा शुक्रबार दुई सय १९ वटा मतदान केन्द्रहरुमार्फत् शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । भक्तपुरमा चारवटा नगरपालिका भक्तपुर, मध्यपुर थिमि, चाँंगुनारायण र सूर्यविनायक छन् ।

भक्तपुरमा ५७ हजार दुई सय ७०, मध्यपुर थिमिमा ४१ हजार आठ सय ४२, चाँंगुनारायणमा ४३ हजार एक सय पाँच र सूर्यविनायकमा ४७ हजार तीन सय ६७ मतदाता रहेका छन् ।

जिल्लाका चार वटा नगरपालिकाहरूमध्ये सबैभन्दा वढी मतदान केन्द्र भक्तपुर नगरपालिका क्षेत्रमा छन् । यहाँं कुल ६२ वटा मतदान केन्द्रहरू छन् । सबैभन्दा कम भने मध्यपुर थिमि नगरपालिकामा छन् । त्यहाँं ४६ वटा मतदान केन्द्रहरू छन् । चाँंगुनारायणमा ५३ र सूर्यविनायकमा ५८ वटा मतदान केन्द्रहरू छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट