हुम्लामा झडपः घाइते भएका मतदान अधिकृतसहित तीनजनाको हेलिकोप्टरबाट उद्धार-Sutra News

हुम्लामा झडपः घाइते भएका मतदान अधिकृतसहित तीनजनाको हेलिकोप्टरबाट उद्धार

शुक्रबार, ३० बैशाख २०७९

शुक्रबार, ३० बैशाख २०७९

हुम्लाको चंखेली गाउँपालिका-२ स्थित महादेव मतदान केन्द्रमा ढुंगाले लागेर घाइते भएका मतदान अधिकृतसहित तीनजनालाई हेलिकोप्टरबाट उद्धार गरिएको छ ।



झडपमा परी मतदान अधिकृत कृष्णप्रसाद आचार्य, कार्यालय सहयोगी काला रावत र अर्का एक स्थानीय घाइते भएका थिए ।

घाइते भएका कार्यालय सहयोगी काला रोकायलाई उद्धार गरी उपचारका लागि सुर्खेत लगिएको हुम्लाकी प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन् ।
गठबन्धन र स्वतन्त्र पक्षबीचको झडपमा मतदान अधिकृतसहित तीनजना घाइते भएका थिए । झडपपछि प्रहरीले आठ राउन्ड अश्रुग्यास प्रहार गरेका छन् । अहिले मतदान रोकिएको छ ।

सेनाले देशका सात ठाउँमा आपतकालीन उद्धारका लागि सैनिक टोली खटाएको सैनिक प्रवक्त्ता नारायण सिलवालले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट