मतदानपछि देउवाले भने– गठबन्धनले कांग्रेस कमजोर भएको छैन-Sutra News

मतदानपछि देउवाले भने– गठबन्धनले कांग्रेस कमजोर भएको छैन

शुक्रबार, ३० बैशाख २०७९

शुक्रबार, ३० बैशाख २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् ।



कांग्रेस सभापतिसमेत रहेका देउवाले गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन् ।

मतदानका लागि प्रधानमन्त्री देउवा शुक्रबार बिहानै धनगढीबाट डडेल्धुरा पुगेका थिए ।

मतदान पछि देउवाले स्थानीय तहको निर्वाचन हुँदैन भनेर हल्ला फिजाइए पनि आज देशभर निर्वाचन भइरहेको बताए । उनले भने– ‘स्थानीय तहको समृद्धि र विकासका लागि निर्वाचन महत्त्वपूर्ण थियो । अहिले निर्वाचन भएको छ ।’

निर्वाचन हुँदैन भन्ने शक्तिहरू पनि सामेल भएको भन्दै देउवाले गठबन्धनले कांग्रेस कमजोर नभएको बताए ।

कांग्रेस नेतृत्वको सत्ता गठबन्धनले चुनावमा पनि तालमेल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट