

नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव स्थानीय तह निर्वाचनमा भोट हाल्न उत्साहित भएर कपिलवस्तु पुगेपनि मतदान गर्नबाट बन्चित भएका छन् । उनि मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्नबाट बन्चित भएका हुन् ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ मा रहेको मतदान केन्द्रबाट मतदान गर्ने तयारी गरेका उनले मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्न नपाएको विप्लवका स्वकीय सचिव असल क्षेत्रीले जानकारी दिए ।
प्रचण्ड माओवादीबाट अलग भएपछि निर्वाचन बहिस्कार गर्दै आएका विप्लव यसपटक स्थानीय तहको निर्वाचनमा मतदान गर्न भन्दै कपिलवस्तु पुगेका थिए ।
देशभर शुक्रबार स्थानीय तह निर्वाचन भइरहेको छ ।