मतदानपछि प्रचण्डले भने– आयोगको ८ घण्टे स्पष्टीकरणबारे थाहा छैन-Sutra News

मतदानपछि प्रचण्डले भने– आयोगको ८ घण्टे स्पष्टीकरणबारे थाहा छैन

शुक्रबार, ३० बैशाख २०७९

शुक्रबार, ३० बैशाख २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूसँग निर्वाचन आयोगले स्पष्टीकरण सोधेकोबारे केही जानकारी नरहेको बताएका छन् ।



भरतपुर–१४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान केन्द्रको बुथ नम्बर कm बाट मतदान गरेपछि प्रतिक्रिया दिँदै उनले आयोगले स्पष्टीकरण सोधेको विषयमा जानकारी नरहेको बताएका हुन् ।

मौन अवधिमा मतदातालाई प्रभावित पारेको भन्दै बिहीबार आयोगले प्रचण्डसँग स्पष्टीकरण सोधेको थियो ।

तर, शुक्रबार प्रचण्डले स्पष्टीकरण सोधेको विषयमा जानकारी नआएको बताएका हुन् । आफूले देश दुर्घटनामा जान्छ भनेर नभनेको बताएका प्रचण्डले भने, ‘मैले हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जान्छ भनेको होइन । मेरो भनाइ तोडमरोड गरियो । हँसिया हथौडामा नहाले, रेणुलाई भोट नहाले देश दुर्घटनामा जाने भनेकै होइन ।’

आफूलाई आयोगले स्पष्टीकरण सोधेको थाहा नपाएको बताएका प्रचण्डले भने, ‘८ घण्टे स्पष्टीकरणबारे थाहा छैन । सुनेको छैन ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट