भट्टले दायर गरेको सांसद पद पुनर्बहाली मुद्दाको सुनुवाइ स्थगित-Sutra News

भट्टले दायर गरेको सांसद पद पुनर्बहाली मुद्दाको सुनुवाइ स्थगित

बिहिबार, २९ बैशाख २०७९

बिहिबार, २९ बैशाख २०७९

नेकपा एमालेका सचिव लेखराज भट्टले सांसद पद पुनर्बहालीको माग गर्दै दायर गरेको रिटको सुनुवाइ स्थगित भएको छ । भट्ट पक्षका कानुन ब्यवसायीबाट सुनुवाइ स्थगित भएको हो ।



रिटको पेसी न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ प्रकाशकुमार ढुंगानाको इजलासमा तोकिएको थियो ।

उनले रिटमार्फत सांसद पदबाट मुक्त गर्ने निर्णय अन्तरिम आदेशले बदर गर्न माग गरेका छन् । रिटमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, संघीय संसद् सचिवालय र निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ ।

१८ साउन २०७८ मा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले अन्तरिम आदेश दिन भने अस्वीकार गरेको थियो । विपक्षीहरूको नाममा कारण देखाउ आदेश भने जारी भएको थियो ।

२४ चैत २०७७ मा सङ्‍घीय संसद् सचिवालयलाई पत्र लेखेर माओवादी अध्यक्ष प्रचण्डले भट्टसहित सांसदहरू टोपबहादुर रायमाझी, गौरिशंकर चौधरी र प्रभू साहलाई कारबाही गरेको र दल त्याग गरेको जानकारी दिएका थिए ।

प्रचण्डको पत्रको आधारमा २६ चैत २०७७ मा उनीहरू पदमुक्त भएको सूचना संसद् सचिवालयले टाँस गरेको थियो । यही निर्णयविरुद्ध भट्ट १४ साउन २०७८ मा सर्वोच्च पगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट